अझै कायमै वायु प्रदूषण

admin

काठमाडौं, २ बैशाख : काठमाडौंसहित नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ । काठमाडौंसहित देशका विभिन्न ठाउँको वायु अहिले अति अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । अहिले धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएका छन् ।

यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ । २ सयभन्दा माथि एक्यूआई हुनुलाई अति अस्वस्थकर अवस्था मानिन्छ । यस्तै विश्वभर प्रदूषित सहरहरुको तुलनामा नेपालको काठमाण्डौमा सबैभन्दा धेरै प्रदूषण कायमै रहेको देखिएको छ । काठमाडौंको एक्यूआई १९४ मापन गरिएको छ । सबैभन्दा प्रदूषित सूचीमा भारतको नयाँ दिल्ली, चिनको वुहानलगायत रहेका छन् ।

भारतको नयाँ दिल्लीको एक्यूआई २ सयको हाराहारीमा रहेको छ । यसैबीच, प्रदूषण र कोरोना संक्रमणको डर कायमै रहेकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउन र मास्क लगाउन डाक्टरले सुझाव दिएका छन् । मास्कले धेरै रोग र संक्रमणबाट जोगाउने भएकाले अनिवार्य मास्क लगाएर मात्रै घरबाहिर निस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।

प्रतिक्रिया