अदालतको निर्णयले मुसहर परिवारको बिचल्ली

admin

काठमाडौं , माघ २५ : सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीको डिलमा टाँगिएको एउटा सानो त्रिपालमुनि स्थानीय विनिता सदा परिवारका आठ जनासहित एक सातायता जसोतसो बसोबास गर्दै छिन्। पोखरीको डिमाथि चल्ने तीब्र गतिको पछुवा (पश्चिमी) हावाले टाँगिएका पाल कतिखेर उडाउला भन्ने चिन्ताका बीच तुलो बालेर बालबच्च तथा आफ्ना लागि खाना पकाउने अवस्थासमेत छैन।

माघ महिनाको कठ्यांग्रिँदो चिसोले ज्यानै लेला कि भने त्रासका बीच विनितामात्र नभई १२ परिवारका करिब सयभन्दा बढी गरिब, असहायत मुसहरहरु यतिखेर पोखरीको डिलमा पाल टाँगेर बस्न बाध्य भएका छन्।

सप्तरी जिल्ला अदालते गत मंगलबार गरेको आदेशानुसार गत शिनबार दिउँसो सप्तरीका राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १२ मुसहर परिवारको बस्ती डोजर लगाएर भत्काइयो।

स्थानीय रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो नाममा रहेको भन्दै परेको रिटमाथि अदालतले बस्ती खाली गराउने आदेश दिएको हो। अदालतको आदेशपश्चात शनिबार दिउँसो डोजर प्रयोग गरी मुसहरहरुको घर भत्काइएको थियो।

आफूहरु तीन पुस्तादेखि बसोबास गर्दै आएको बस्ती पूर्व जानकारीबिना नै भत्काइएका कारण खाद्यान्न र अन्नपातसमेत निकाल्न नपाउँदा सीमान्तकृत मुसहर परिवारको दिनचर्या कष्टकर बनेको हो, यो खबर नागरिक दैनिकमा छापिएको छ।

प्रतिक्रिया