अदालत कक्षमै गुन्डाको गोली हानी हत्या

admin

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालत कक्षभित्रै वकिलको भेषमा आएका दुईजना पुरुषले कुख्यात गु न्डाको गो ली हानी ह त्या गरेका छन् ।

रोहिणीस्थित अदालत कक्षमा तिनीहरूले गु न्डा जितेन्दर मान गोगीमाथि गो ली प्र हार गरेका हुन् । घट नाको समयमा गोगीविरुद्धको मुद्दाको सुनवाइ भइरहेको थियो ।

सरकारी अधिकारीहरूले जनाएअनुसार प्रह रीले तत्काल जवाफी फायर गर्दा तिनीहरूको पनि घटनास्थलमै मृ त्यु भएको थियो । प्रह रीले प्रतिद्वन्द्वी समूहले सो आक्रमणको योजना बनाएको हुनुपर्ने अनुमान गरेको छ । गोगी दिल्ली प्रह रीको मोस्ट वान्टेड सूचीमा रहेका थिए । उनीविरुद्ध अन्य राज्यमा समेत दर्जनौं ह त्या, अपह रण र जालसाजीको अभियोग दायर गरिएको थियो ।

यस घट नाले दिल्लीका अदालतहरूभित्रको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा गरिदिएको छ । एकजना वरिष्ठ राजनीतिज्ञले यस घट नाले सुरक्षा योजनामा ठूलो त्रुटि भएको देखाएको प्रतिक्रिया दिएका छन् ।

ह त्या र जबर्ज स्ती रकम असुलीको आरोपमा गत वर्षको मार्चमा गोगीलाई दिल्लीमा गिरफ्तार गरिएको थियो । अपराधको दुनियाँमा रातारात माथिल्लो स्थानमा पुगेका उनी थप्रै अन्य अपराधिक समूहको पनि तारो रहेको अधिकारीहरूले बताएका छन् । उनले हरियाणा राज्यमा एकजना चर्चित गायकको पनि ह त्या गरेका थिए ।

प्रतिक्रिया