अदुवा नियमित खाँदा शरिरमा देखिन्छ यस्ता प्रभाव !

मनिषा थापा

 भक्तपुर : अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ। यहाँ अदुवाका १० फाइदाबारे बताइएको छ, अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ।

१. अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छ : अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई कम गर्न मद्दत गर्छ । धेरै होइन, एकपटकमा १ देखि २ ग्राम अदुवा खादाँ वेश हुन्छ।

२. मांसपेशी दुखाईको पौराणिक चिकित्सा : दिनानुदिन हुने मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्छ । यसलाई छालामा सिधा प्रयोग गर्न सकिन्छ, तर दुखाई कम गर्न अदुवाको तेल नुहाउने पानीमा राख्नुभयो भने राम्रो काम गर्छ । यसको तत्काल असर देखिँदैन, तर लगातार दुई हप्ता यही उपाय अपनाउनुभयो यसको प्रभाव थाहा पाइन्छ।

३. मस्तिष्कलाई ताजा राख्छ : अदुवाले स्मरणशक्तिमा सुधार, मस्तिष्कको कार्यमा सकारात्मक प्रभाव पार्छ।

४. बन्द नाक र छातीका लागि : रुघा–खोकी, नाक बन्द हुने समस्या भएमा एक कप अदुवा–चिया पिउँनुहोस्, छुट्कारा हुन्छ ।

५. अपच र मुटु पोल्ने समस्याका लागि : पेट र छाती पोल्ने समस्याको जड मुख्य गरी अपचलाई मानिन्छ । अदुवाले ५० प्रतिशत अपच समस्यालाई तुरुन्तै हटाइदिन्छ र तपाईको पेटलाई चाँडै खाली पार्ने काम गर्छ ।

६. जोर्नीका लागि : गठिया रोगीका लागि दुखाई कम गर्न अदुवा लाभदायक हुन्छ।

७. संक्रमणबाट बचाउँछ : श्वास–प्रश्वाससम्बन्धी संक्रमणबाट अदुवाले बचाउँछ । साथै स्वास गनाउने ब्याक्टेरियाको संक्रमणबाट बचाउन लागि प्रभावकारी भूमिका खेल्छ ।

८. कामवासनाका लागि : यसले रक्त सञ्चारलाई सहज गराउँछ । छालालाई सफा गर्छ, कलेजोलाई सक्रिय राख्छ र शरीरलाई स्वस्थ्य र शुद्ध राख्न मद्दत गर्छ । अदुवाले तपाईको कामवासनामा पनि सकारात्मक भूमिका खेल्छ ।

९. चिनीरोग र मुटुरोगबाट बचाउँछ : दिनमा २ ग्राम अदुवा खानाले मात्रै पनि रगतमा चिनीको मात्रा घटाउन महत्वपूर्ण भूमिका खेल्छ । अदुवाले ओक्सिकरण लिपोप्रोटिन र अपो–बि र अपो–एको अनुपातको स्तरलाई कम गर्छ, यी दुवै हृदय रोगको संकेत हुन् ।

१०. सुन्निनु र पेटमा हावा भरिनु : अदुवाले प्राकृतिक तरिकाले खानापछि पेटमा उत्पन्न हुने ग्यासलाई कम गर्छ, एक कप अदुवा चियाले मांसपेशीलाई आराम प्रदान गर्छ र् पाचन प्रणालीमा फेसका ग्यासलाई विस्तारै र सुरक्षित तरिकाले बाहिर निकाल्न मद्दत गर्छ ।

प्रतिक्रिया