अद्भुत क्षमता भएका दिपेन्द्रले बनाए शरिरबाटै बिजुली उत्पादन हुने मेशिन [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। दाङ घोराही उपमहानगरपलिका वडा नं १२ हापुर बिजौरका दिपेन्द्र नेपाली उमेरले १८ वर्ष भए तर उनीमा शिप र ज्ञान भने कोहि विद्वान, परिपक्क व्यक्तिको जस्तो छ। उनलाई नेपालमा बाल बैज्ञानिक भनेर समेत चिनिन्छ। सानै उमेरमा उनले देखाएका अद्भुत कलाको कारण उनले बाल बैज्ञानिकको उपनाम पाएका हुन्।

श्री उच्च माध्यामिक विद्यालयबाट उनले यो वर्ष एसईई दिएका हुन्। भर्खर कक्षा १० मा अध्ययनरत उनले कोर्स बुकमा अध्ययन नगरेता पनि बिज्ञानका जटिल सुत्र उनले इन्टरनेटको माध्यमबाट थाहा पाएको उनको भनाई छ।

उनी सधै नँया कुराको अनुसन्धान गर्न रुचाउछन्। आफ्नै खर्चमा उनले अहिले सम्म विभिन्न कुराको निर्माण र अनुसन्धान गर्दै आएका छन्। उमेरले सानो र आर्थिक अबस्थाले कम्जोर भए पनि आफ्नो बिचार र बुद्धिले उनी निकै तीक्ष्ण छन्। आफु भन्दा अग्रज व्यक्तिलाई नजानेको कुरा सोधेर पनि धेरै ज्यान हासिल गरेका छन् उनले।

धेरै जस्तो युवापुस्ताहरु अहिले सामाजिक संजालको नकारात्मक फाइदा मात्र उठाइरहेका छन्। सामाजिक संजालको सदुपयोग गर्न नजानेको भनौ वा वेवास्ता गरेको भनौ युवापुस्ता फेसबुक चलाउने, गेम खेल्ने मात्र गर्छन् तर दिपेन्द्रले यो सबको फाइदा आफ्नो व्यक्तिगत जीवनमा नै उठाए। सामाजिक संजाल कै कारण आज उनी यति सक्षम भएको उनको दावी छ।

परिणाम स्वरुप उनले सानै उमेरमा भ्याकुम क्लिनर, मोसन शेन्सर, अटामेटिक ढोका, अटोमेटिक धारा, अटोमेटिक बत्ति लगायत धेरै कुरा उनले निर्माण गरिसकेका छन्। घरमै बसेर उनले आफैले यी सबै कुरा निर्माण गरेका थिए। उनले खुट्टामा बाधेर हिड्दा बाल्ने लाइट समेत निर्माण गरेका छन्। अनि यस बाट मोबाइल चार्ज समेत मिल्ने उपकरण निर्माण गरेका छन् ।

यस्ता बहुआयामिक प्रतिभाका धनी दिपेन्द्रले यस्ता धेरै कुरा बनाउन सक्ने बताएका छन्। उनलाई अवसरको खाचो छ। उनले बनाएका समान हेर्दा उनलाई मिनी बैज्ञानिक भन्दा केहि फरक नपर्ला।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू