अधिवक्ता न्यौपानेद्वारा संसद् विघटनविरूद्ध सर्वोच्चमा रिट (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, ५ पुस : संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आइतबार राष्ट्रपतिबाट जारी भएको संसद् विघटन गैरसंवैधानिक भएको भन्दै त्यसविरूद्ध रिट लिएर सर्वोच्च पुगेका हुन् ।

आफूसँग बहुमत हुँदाहुँदै संसद विघटन गर्नु गैरसंवैधानिक भएको उनको रिटमा उल्लेख छ । उनको रिटको प्रशासनिक काम जारी छ । रिट लिएर उनी दिउँसै अदालत पुगेका थिए । तर, राष्ट्रपतिबाट संसद विघटनको प्रस्ताव प्रमाणीकरण नभइसकेकाले रिट दर्ता भएको थिएन ।

राष्ट्रपति कार्यलयबाट संसद् विघटनको पत्र आएपछि दर्ता प्रक्रिया सरु भएको उनले बताए । तर, यसैसँग सम्बन्धित अन्य दुइ रिट पनि सँगै आएकाले दर्ता नम्बर भने सोमबार दिने भएको छ ।

प्रतिक्रिया