अधिवक्ता भन्छन, ‘रवि रिहा भएपनि मुद्धा सकिएको छैन’

मनिषा थापा

पिएनपिखबर : बोर्न बहादुर कार्कीले रवि लामिछाने साहित् ३ जना रिहाई नभएको भए अप्रिय घटना घट्ने प्रबल सम्भावना भएको बताए। रविको रिहाई माग गर्दै ज्यादै उत्तेजित भई आन्दोलन गरिरहेको भिडमा केहि यस्ता तत्व पनि थिए जसले भड्काएर आफ्नो स्वार्थ पूर्ति गर्न पनि तत्पर भेटिएको उनले अभिव्यक्ति दिए।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले न्यायलयले न्यायिक पूर्ण निर्णय गरेको बताएका छन्। उनले अदालतले कसैको दबाबमा फैसला नगर्ने र प्रमाणमा आधार रहेर मात्रै कारवाही अघि बढाउने बताए। पुडासैनी प्रकरण सानो भएपनि सरकार गैरजिम्मेवार भएको कारण जनता सडकमा आउँन बाध्य भएको उनको भनाई छ। उनले भने, ‘जनता धेरै उत्तेजित थिए जुन सुकै बेलामा पनि आगो बल्न सक्थ्यो तर सरकारलाई यसबारे चासो थिएन।’

रवि सहित ३ जना रिहाई भएपनि मुद्दा नसकिएको बताएका छन्। तर अहिले नै ठोस प्रमाण नभएको कारण धरौटीमा रिहा गरिएको उनले भनाई छ। अदालतले रवि लामिछानेलाई पूर्ण निर्दोष घोषणा अझै नगरेको उनले बताए ।

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू