अध्यक्षद्वारा उपाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा

admin

रामेछाप, भदौ १७ : दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् ।


खड्काको जाहेरीले मुलकी ऐन फौजदारी कार्यसंहिता २०७४ को दाफा ३२ बमोजिम उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता सञ्जीव कार्की, लोप्सन भनने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना माग दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

खड्काले प्रतिवादी बनाउकामध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ मा प्रहरीले काठमाडौं सामाखुशीबाट नियन्त्रणमा लिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया