अध्यक्ष ओलीद्वारा पत्रकार सम्मेलन (लाइभ भिडियो)

admin

काठमाडौं, ९ भाद्र : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन् । पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न र पार्टीेको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।

पत्रकार सम्मेलन अहिले तुल्सिलाल स्मृति प्रतिष्ठान च्यासलमा चलिरहेको छ । यसअघि (हिजो) मंगलबार नेता माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यले ओली नेतृत्वकै एमालेमा फर्किएर पार्टीलाई बलियो बनाउने बताएका थिए ।

पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने सहमती भएसँगै उनीहरु फर्किएका हुन् । विगतमा फरक मत राखेका नेताहरूले अब सम्मानजनक अवस्थामा एकताबद्ध भएर काम गर्ने बताएका छन् ।

प्रतिक्रिया