अनलाइन गेम : ई सेवाबाट पैसा भुक्तानी गरे कारबाही हुने

admin

काठमाडौं, २३ जेठ : अनलाइन गेम खेलेर ई सेवामार्फत भुक्तानी भइरहेकोप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ ।

अनलाइनमा गेम, बाजी, बेटिङ खेल्ने र ई सेवा तथा फोन पे बाट भुक्तानी भइरहेको सूचना आएकाले कम्पनीको गम्भीर ध्यानाकर्षण भएको ई सेवाले जनाएको छ ।

अबदेखि यस्तो भएको पाइएमा सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्ने र ई सेवाको खाता निलम्बन हुने पनि कम्पनीले चेतावनी दिएको छ ।

प्रतिक्रिया