अनिश्चितकालका लागि यातायात सेवा बन्द

admin

जुम्ला, २ माघ : जुम्लामा यातायात व्यवसायीले संयूक्त विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि यातायात सेवा बन्द गरेका छन् । चन्दननाथ नगरपालिकाले एकतर्फी रुपमा चर्को कर लगाएको र एक हप्ताअघि गरिएको ध्यानाकर्षणलाई बेवास्ता गरेको भन्दै माघ १ गतेबाटै जुम्लाबाट छुट्ने छोटो तथा लामो दूरीका यातायात सेवा बन्द गरिएको यातायात व्यवसायीले जनाएका छन् ।

यसअघि सात यातायात प्रा.लि.ले हस्ताक्षर गरेर नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले नयाँ बसपार्कमा उचित सुरक्षाको व्यवस्था, शौचालय घेराबार, पर्खाल, पिउने पानी, बत्ती चमेनागृहसमेत नभएको भन्दै त्यसको व्यवस्थापनका लागि माग गरेका छन् ।

यातायात व्यवसायीले एक हप्तादेखि वार्ताको लागि आग्रह गरे पनि सम्बन्धित पक्ष मौन भएकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन् । यसअघि नै नगरपालिकाले नयाँ बसपार्कमा अनिवार्य गाडी पार्किङ गर्ने प्रक्रियाअगाडि बढाएको थियो ।

प्रतिक्रिया