अनौठो स्कुल जहाँ आफ्नो बच्चा पढाउन पैसा हैन फोहोर बुझाए पुग्छ !

मनिषा थापा

एजेन्सी : पछिल्लो समय विद्यालय व्यपार गर्ने व्यपारीको थलो बनेको छ । बढ्दो महँगीको कारण सामान्य व्यक्तिले आफ्नो छोराछोरीलाई विद्यालय पठाउन नसक्ने अवस्था सिर्जना भएको छ । कारण हो निजी स्कुल र चर्को रुपमा लिएको मासिक शुल्क ।

तर विश्वमा यस्तो स्कुल रहेको छ जहाँ अभिभावकले आफ्नो छोराछोरी पढाउन स्कुलमा पैसा हैन् फोहोरको पोको बुझाए पुग्छ । भारतको असम राज्यस्थित पमोहीमा भएको अनौठो स्कुलको नाम अक्षरा हो । सन् २०१६ को जुन महिनामा स्थानीय समाजसेवी जोडीले उक्त स्कुलको स्थापना गरेका हुन् ।

सुरुमा निः शुल्का विद्यालय खोल्ने योजना बनाएका थिए । तर स्थानीय समुदायमा प्रदुषणको समस्या निकै टड्कारो देखेपछि उनीहरुले नयाँ जुक्ति निकालेका हुन् । प्लास्टिक जस्ता फोहोरहरु जलाउने प्रचलन रहेको थियो । तर त्यहाँको हावा निकै प्रदुषित भयो । त्यसकारण सबै मिलेर प्लास्टिक जन्य फोहोरहरु संकनल गर्ने निर्णय गरे ।

त्यसपछि स्थानीय ढुंगाखानीमा काम गर्ने बालबालिकालाई प्रेरित गर्नको लागि यस्तो अनौठो जुक्ति लगाए । उक्त विद्यालयमा सानो कक्षाका विद्यार्थीलाई ठूलो कक्षाका विद्यार्थीले पढाउने गर्छन् । पढाएबापत खेलौना मुन्द्रा प्रदान पनि गर्ने काम गर्छन् । ती डमीहरु विद्यार्थीले पैसा तिरेर किन्ने गर्छन् । यसको लागि विद्यालयले पसलसकग सम्झौता गरेको छ ।

हरेक दिन पसलमा खरिद गरिएका डमीलाई पैसाबापत पसलेले रकम भुक्तानी गर्छ । स्कुलले पाठ्यक्रम पनि बाल अधिकार, बाल शिक्षा, वातावरण संरक्षणसँग जोडेर तयार पारेको छ । प्लास्टिकका फोहोरहरुलाई विद्यालयमा पुन चक्रण तथा पुन प्रयोग गर्ने विधिबारे पनि सिकाइदै आएको छ ।

अहिलेसम्म उक्त विद्यालयमा अध्यन गर्ने विद्यार्थीको सख्या १ सय जना पुगिसकेको छ । हरेक विद्यार्थीले विद्यालयमा हप्तामा एक पटक प्लासिटकका २५ थान फोहोर विद्यालयमा ल्याउने गरेका छन् ।

प्रतिक्रिया