अन्जु पन्त र कर्णराजको ‘जिन्दगी खास भयो’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ३१ जेठ : गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् ।

शान थापा निर्देशित भिडियोमा रोहित थापा र सुपुष्पा भट्टको प्रेमभावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया