अन्जु पन्त र महेश सेवाको “प्रेमपत्र” सर्वजनिक [भिडियो सहित]

रिता घिसिंग

काठमाडौँ, १२ चैत्र : जो कोहीलाई पनि प्रेममा परेपछि लेख्नै पर्ने नलेखी मन शान्त नहुने एउटा प्रेम पत्र कागजमा होस् या हृदयमा लेख्नै पर्ने रहेछ। यसैले होला अन्जु पन्त र महेश सेवाको स्वरमा ‘लेख्नै परे’ बोलको गीत सार्वजनिक भएको छ।

दुईवटा गीत रेकर्डिङपछि कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनामा अनि अविदको संगीतमा रहेको ”लेख्नै परे अचेल तिम्रो नाम बाहेक केही लेख्दिन आँखाभरी तिमी नै छौ म त अरु केही देख्दिन” बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

सबैको मन भित्र बस्न सफल यस गीतको म्युजिक भिडियोमा आयुशी, विकास र राजको अभिनय रहेको छ । भिडियोमा निर्देशन सरोज श्रेष्ठको रहेको छ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया