अन्तत: भाइरल ज्योतिषले भने भिडियो भाइरल बनाउन मलाई प्रयोग गरियो [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : हरी शर्मा एक युवा ज्योतिष तथा तान्त्रीक हुन्। उनले व्यक्तिको समस्या पनि तान्त्रीक विधिबाट निको पार्ने दाबी गरेका छन्। उनले विगत ८ वर्ष देखि ज्योतिष तथा तान्त्रीक केन्द्र खोलेका छन्।

 छोप्ने, काम्ने, औषधी उपचार गरेर पनि ठिक नभएका विरामीहरुलाई पुजा र तन्त्रमन्त्रबाट ठिक पार्नुको साथै मानिसहरुको भविष्यवाणीसम्म पत्ता लगाउने दैविक शक्ति रहेको उनी बताउँछन।

ज्योतिष हरी शर्माको अहिले सामाजिकसंजालमा निकै नै आलोचना भईरहेको छ। उनले गरिएको भविष्यवाणी गलत भएपछि उनी आलोचित भएका हुन् जसकारण उनी भाइरल बने।

पछिल्लो समयमा चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा सहभागीता जनाएकी मिस नेपाल श्रृंखला खतिवडा सेकेण्ड रनरअफ बन्ने भविष्यवाणी गरेका थिए। उनको अभिव्यक्ति चुकेपछि उनको व्यापक आलोचना भइरहेको छ । उनले यस विषयमा बोल्दै भने, ”मिस नेपाल शृंखला खतिवडाको योग माथिसम्म जानेछ तर जित्न सक्दिनन् भनेको थिए तर यसलाई आफु भाइरल हुन् शनशनी पूर्ण बनाइयो। खुट्टा तान्ने काम भयो।”

त्यस्तै उनले आफुले तान्त्रिक शक्तिको प्रयोग गरी हेर्दा निर्मलाको हत्यारा पत्ता लाग्ने योग नदेखिएको तर्कहिन दाबी गर्दै आएका छन्। उनले निर्मलाको हत्यारा पत्ता नलाग्ने सङ्केतमात्र मिलेको बताए।

”मैले आफु भाइरल हुनको लागि भविष्यवाणी गरेको हैन। म आफ्नो काम गरेर खाने मान्छे। मेरो संचारमाध्यममा आफ्नै विज्ञापन पनि आउने गरदथ्यो र म ज्योतिष सम्बन्धी आफै प्रोग्राम थियो।” ,उनले भने। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू