अन्तर्राष्ट्रिय उडानका २५ पाइलटले दिए सामूहिक राजीना

admin

काठमाडौं, माघ १० : नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन्।

व्यवस्थापनका कारण निगम धरासयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका समाचार नयाँ पत्रिका दैनिक छ।

राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन्। स्वीकृत भए अन्तर्राष्ट्रिय उडान ठप्प हुने छ।

वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन्। राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुने भने १० जना को–पाइलट हुन्।

प्रतिक्रिया