अन्तर्वार्ता दिँदादिदै भावुक भएपछि महिला पत्रकारहरुले गरे ठाउँको ठाउँ यस्तो सहयोग [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। देशमा कुनै रोजगारीको अबसर नभएपछि धन कमाएर सुखी जिवन यापन गर्ने र सन्तानलाई राम्रो शिक्षादिक्षा प्रदान गर्ने सपनाका साथ बिदेशिएका श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि मोरङको बेलबारी– ११ की सन्तोषी तामाङ बिक्षिप्त मात्र बनिन्न । पतिको शव नेपाल झिकाएर दाहसंस्कार समेत गरिन ।

उनको शव नेपाल ल्याएर दाहसंस्कार गरेको केही महिनापछि उनका पति सुवास तामाङको फोन आयो । शुरुमा उनले पत्याईनन । उनी मुर्छा नै परिन । पछि बारम्बार फोन आएपछि बिदेशमै रहेका आफन्तहरु मार्फत उनी जिवितै भएको कुरा थाह पाएपछि उनलाई बिश्वास गर्ने आधार बन्यो ।

साउदी अरेबियास्थित हुन्डाई कम्पनीमा मजदुरका रुपमा सुवास तामाङ वि.स.२०७१ सालमा गएका थिए । उनी कार्यरत कम्पनीले उनको मासिक तलब बैंकमा जम्मा गरिदियो । तलब लिन सँगै काम गर्ने साथीहरु पनि गए । तलब लिएर फर्कंदै गर्दा गाडी दुर्घटना भयो । वि.स.२०७२ असार २४ गते दुर्घटनामा परेका उनको परिवारमा कम्पनीबाट फोन आयो । साउदीमै रहेका सुवासका आफन्तले समेत उनको शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै उनको शव काठमाडौं ल्याईयो र काठमाडौंमा श्रीमती र बुबा हर्कबहादुर तामाङले शव लिएर बेलबारीमा ल्याई बिधिपुर्वक दाहसंस्कार समेत गरियो ।

कमाउन गएको श्रीमानको मृत्युले उनकी श्रीमती,परिवार र दुई साना छोराहरुको लालनपालनमा समेत समस्या सिर्जना भयो । कमाउने मान्छे नै बितेपछि तामाङ परिवारमा बज्रपात पर्नु स्वभाविक नै थियो । दिनहरु बित्दै थिए ३ महिनापछि सन्तोषीलाई साउदी अरबबाट फोन आयो । ‘सुवास दाइ जिउँदै हुनुहुँदो रहेछ । अस्पतालमा उपचार हुँदैछ’, भनेर फोनमा भनिएको थियो । ‘खबर सुनेर अनुहारमा केही छिन हाँसो त थपियो तर दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ताले झन पिरोल्न थाल्यो । पछि बुझ्दै जाँदा शव उनी सँगै दुर्घटनामा परेका कपिलवस्तुका टेकेन्द्र भण्डारीको रहेछ ।’

सुवासका अनुसार दुर्घटना भएको दिन ‘मासिक तलब बैंकमा आउने गरेका कारण एटिएम कार्ड लिएर पैसा लिन एउटै कम्पनीमा काम गर्ने ४ जना तथा ट्याक्सी ड्राइभर १ जना गरी ५ जना गएका रहेछन । सबैले एटिएम कार्डमार्फत् तलब निकाली भोलिपल्ट घरमा खर्च पठाइदिने भनेर केही साथीसँग समेत सापटी समेत मागी राति करिब १ बजे कोठा आउने क्रममा बाटोमा गाडी दुर्घटना भयो,एकै चोटि मैले थाहा पाउँदा म अस्पतालमा थिएँ । सुबासले भने ,’म अस्पतालमा बसेको ३ महिना भएको रहेछ । अस्पतालमा मृतक टेकेन्द्र भण्डारीको मान्छे भनेर उनका आफन्त आउँदा रहेछन् । मलाई होश आउँदा मैले मेरो घर भोजपुरको कुदाक काउले हो भनेँछु । श्रीमतीको नाम पनि भनेछु तर मलाई त्यसो भनेको सम्झना चाहिँ छैन ।’

उनी थप्छन् ,’पटक–पटक त्यही कुरा गरेपछि अस्पतालले कम्पनीलाई खबर गरेछ । कम्पनीले मेरो घर परिवारमा खबर गरेछ र पछि मेरा आफन्त मलाई भेट्न गए । तेजेन्द्रका आफन्तले हाम्रो मान्छे होइन भनेर छाडेर गएछन् । हामी ५ जना गाडीमा गएकोमा म मात्रै बाचेछु । म ६ महिना अस्पतालमा बसेपछि ठीक भएर कम्पनीमा गएर काम गरेँ । १८ सय बेसिकसम्म कमाईहुन थालेको थियो । पछि पुन त्यहीँ १८ महिना कमाएर घर फर्केँ । मलाई आफन्तले तँ घरमा आउनु हुँदैन भनेकाले मेरो जन्मथलो भोजपुरको कुदाक काउले हाल षडानन्द नगरपालिकामा गएँ । त्यहाँ जाँदा मलाई घरमा पस्न दिइएन ।’

उनले भने ,गाई बाँध्ने ग्वालीमा भकारीले बेरेर राखेको रहेछ । म गएर भकारीले बेरेर राखेको ठाउँमा पसेँ । केही छिनमा आमा जानुभयो र ऐयाऐया भनेर कराउनु भयो । म छक्क परें । मुनिबाट बुबाले के– के भो भनेर कराउनु भयो । म झन आत्तिएँ । केही छिनमै आमाले छोरो जन्मियो भनेर भन्नुभयो र नुहाइदिनुभयो । बुबाले त्यसपछि मात्रै मलाई हेर्नुभयो । अनि मात्रै आमा बुुबा तथा गाउँलेले भने मरो भनेर काजकिरिया सकेको मान्छे आउँदा पुनर्जन्म भएको भनेर कर्म गर्नुपर्दो रहेछ । संस्कार अनुसार मलाई पनि त्यसै गरियो ।’

सुवासका बुबा हर्कबहादुर र आमा बिबामाया तामाङ सहित श्रीमती सन्तोषीले उनको शव एयरपोर्टबाट बुझेर ल्याएका थिए । शव चिन्न सक्ने अवस्थामा थिएन । ऋण खोजेर काजकिरिया गर्यौ । ३ महिनापछि श्रीमान् जीवितै भएको खबर आयो ।’ म त धेरैपटक सपनामा पो छु की जस्तो लाग्छ सन्तोषीले भनिन । यतिबेला सुवास श्रीमती,१ छोरा र १ छोरी सहित मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा बस्छन । उनी पहिला जस्तो नभएको हाँसेपछि हाँसेको हाँस्यै गर्ने,टोलाउने र घरिघरी एकहोरो हुने गर्छन । दुर्घटनमा लागेको चोटका कारण यस्तो भएको हुन सक्ने सन्तोषी बताउँछिन ।

सुवास अहिले सिटी रिक्सा कुदाएर जिविकोपार्जन गर्दै आएका छन । तर उनको मानसिक सन्तुलन पहिलाको जस्तो नरहेकोले उनी पेसेन्जरसँग मन लाग्दी भाडा लिन्छन् । थोरै लिनु पर्नेमा धेरै लिन्छन् अनि धेरै लिनु पर्ने बेला थोरै लिन्छन् । भनेको ठाउँमा नै पुराउदैनन् । घरमा खर्च पनि ल्याउदैनन् । यस्तो स्थितिमा सन्तोषीलाई घर खर्च चलाउन निकै अप्ठेरो परिरहेको छ । उनको घाउमा मलम लगाउन महिला पत्रकारले आफ्नो तर्फबाट केहि आर्थिक सहयोग गरेका छन् ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू