अन्तर विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिताको उपाधी नेपाल सेन्ट्रेल मा.विको पोल्टामा

शर्मिला गुरुङ

काठमाडौं, १५ मंसिर : अन्तर विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगितामा सिनियर तर्फको उपाधी काठमाडौँ जडिबुटीका नेपाल सेन्ट्रेल मा.वि. ले प्राप्त गरेको छ । करिब डेढ दर्जन स्कुलहरु सहभागी उक्त प्रतियोगिता निकै रोचक ढंगले प्रस्तुत भएको थियोे ।

शुक्रबार कोटेश्वर स्थित एन्जल लर्ड एकेडेमीमा संचालित प्रतियोगितामा सिनियर विद्यार्थी र जुनियर विद्यार्थी गरि दुई भागमा प्रतिस्पर्धा गराइएको थियो । पढाईको अलवा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु दक्ष हुनुपर्छ भन्ने कुराको प्रमाण आफ्नो विद्यालयले प्रस्तुत गरेको प्रथम हुन सफल स्कुल नेपाल सेन्ट्रेल मा.वि. का प्रधानाध्यापक सुर्य भन्डारीले बताए।

प्रतिक्रिया