अन्नपूर्ण सुगर मिलले उखु किसानलाई तीन वर्षदेखिको भुक्तानी दिने

admin

काठमाडौँ : सर्लाहीस्थित अन्नपूर्ण सुगर मिलले उखु किसानको तीन वर्षदेखि भुक्तानी दिन बाँकी सबै रकम एक महिना भित्र भुक्तानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले उखु किसानहरुको सबै रकम एक महिना भित्र भुक्तानी गर्ने लिखित प्रतिवद्धता गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण मिलका सञ्चालक अग्रवालले किसानहरुलाई पुस २५ गतेसम्म पाँच करोड रुपैयाँ दिने र माघ सात गतेसम्म सात करोड रुपैयाँ भुक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको जानकारी दिए।

भट्टराईले मिल सञ्चालकले प्रतिवद्धता अनुरुप एक महिनाभित्र किसानलाई रकम भुक्तानी नगरे कारबाही गर्ने बताए। उनले भने, ‘मिल सञ्चालकले एक महिनाभित्र पनि भुक्तानी नगरे कानून बमोजिम कारबाही हुन्छ।’

लामो समयदेखि उखु किसानले भुक्तानी नपाएपछि उनीहरु यतिबेला काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन्। अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानसँग वार्ता गरिरहेको छ।

प्रतिक्रिया