अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ : सूर्य थापा

admin

काठमाडौं, २५ फागुन : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई चार पटकसम्म पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्नेहरुलाई अपराधीको संज्ञा दिएका छन् । थापाले सामाजिक सञ्जाल फेशबुकमा यस्तो टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका छन् । यो निर्णयअनुसार माधव कुमार नेपाल, झलनाथ खनालहरु नेकपा एमालेमा फर्किएका छन् । उनीहरु एमालेमा फर्किएलगत्तै थापाले यस्तो स्टाटस लेखेका हुन् ।

स्टाटस माधव नेपाललक्षित रहेको लख काट्न सजिलो छ । उनले लेखेका छन्, “प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ। जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।”

प्रतिक्रिया