अपहरणको आरोप लागेका ज्योतिष अर्जुन क्षेत्रीले खोले मुख

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : विभिन्न भबिष्यवाणी गरेर चर्चामा आएका ज्योतिष अर्जुन क्षेत्री फेरी एकपटक विवादमा तानिएका छन। यसपटक भबिष्यवाणीले नभई उनी दिनदहाडै व्यक्ति अपहरण गरेको अरोपको कारण विवादित बनेका हुन् ।

क्षेत्रीले ७ जना व्यक्ति लगेर आशिष रावल नाम गरेका व्याक्तिलाई फिल्मी शैलीमा अपहरण गरेको भिडियो यतिबेला हामीलाई प्राप्त भएको छ । प्राप्त भिडियोमा युवासहित पुगेका क्षेत्रीको टोलीले सुनसान देखिएको घरको गेटको चुकुल फोडेको स्पष्ट देख्न सकिन्छ। गेट खोलेपछि अर्जुन क्षेत्रीका युवाहरु केहि बेरको रस्साकस्सी पश्चात युवकलाई प्रहरीले पक्राउ गरेको शैलीमा घरबाट बाहिर निकाल्छन।

बाहिर निकालिसके पछि युवा जमातले हातपात गर्न खोज्छन तर अर्जुन क्षेत्रीले हातपात नगर्न अनुरोध गरेको भिडियोमा देख्न सकिन्छ। त्यसपछि गाडीमा हाल भन्दै कारमा उनलाई हालेर कहिँ लैजान तयारी गरेको बाहिरिएको ४ मिनेटको भिडियोमा प्रष्ट देखिएको छ।

घटनापश्चात प्रहरीकहाँ जाँदा जाहेरी लिन नमानेको पिडित परिवारले गुनासो गरेको छ । रोचक त के छ भने अपहरणमा पर्ने रावल प्रहरी संगठनमै कार्यरत प्रहरी नायब निरिक्षक ‘सइ’का छोरा हुन्।

देशकै राजधानी काठमाडौँमा प्रहरीकै छोरा अपहरणमा पर्दासमेत जाहेरी लिन नमान्नुले सर्वसाधारण जनताको गुनासो प्रहरीले सुन्नेमा आम नागरिक कसरी विश्वस्त रहने ? गम्भीर प्रश्न यो घटनाले उजागर गरेको छ। प्रहरीले जाहेरी लिन नमानेपछि यतिबेला पिडित परिवार ज्यान सुरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार जाने तयारीमा रहेको छ।

यसबारेमा हामीले अर्जुन क्षेत्रीसँग सत्य तथ्य बुझ्न खोज्दा उनले घटना स्वीकारे पनि अपहरण गरेको भने स्वीकारेनन्। उनका अनुसार रावललाई नियन्त्रणमा लिएपनि केहीबेर कुराकानी गरेर छाडीदिएको बताए। एक हप्ता अगाडी नै यस विषयमा महानगरीय प्रहरी परिसर टेकुको रोहबरमा दुई पक्षबीच सहमति भइसकेको उनले बताएका छन। आशिषको परिवारले सहमति भैसकेपनि चरित्र हत्या गर्ने  उद्देश्यले मिडियावाजी गरिरहेको क्षेत्रीको आरोप छ। आशिष रावलले आफ्नो नामको दुरुपयोग गरेर आर्थिक हिनामिना गरेको समेत अर्जुन क्षेत्रीको आरोप छ।

आफुलाई युवा ज्योतिष बताउने अर्जुन क्षेत्री शुरुवाती चरण देखि नै पटक-पटक विवादित बन्दै आइरहेका छन। ठुलो भुकम्प आउदैछ भनि जनमानसमा त्रास फैलाएपछि उनी प्रहरीको नियन्त्रणमा पुगेका थिए। त्यसपछि पनि समयसमयमा उनी विवादित बन्दै आइरहेका छन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू