अपाङ्गता परिचय पत्र वितरण

रिता घिसिंग

बेझाड (पाल्पा) ६ फागुन (रासस) : रामपुरमा सञ्चालन भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा दुई सय ७२ जनाले सेवा लिएका छन् । शिविरमा पहिले परिचय पत्र लिएकाहरुमध्ये एक सय ६८ जनाको अध्यावधिक, ३३ जनाको परिवर्तन र ७१ जनालाई नयाँ प्रमाण पत्र प्रदान गरिएको छ ।

अध्यावधिक र नयाँ गरी रातो ७७, निलो एक सय पाँच, पहेँलो ५८ र सेतो ३२ वटा गरी जम्मा दुई सय ७२ वटा प्रमाणपत्र प्रदान गरिएको सहायक महिला विकास निरीक्षक सचिव पूजा परियारले जानकारी दिनुभयो ।

यसअघि प्रदान गरिएको परिचय पत्र कार्यविधि लागु भएसँगै एक वर्षपछि प्रयोग नहुने कार्यविधिमा समेटिएको छ । यस्तै नगरपालिकाले आवश्यकताअनुसार कार्यक्रम गरी वितरण गर्ने जनाएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको शिविरमा शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म शिविर सञ्चालन भएको हो । सिंहदरबारको अधिकार घरघरमा भन्ने नाराका साथ सरकारले स्थानीय तहलाई प्रदान गरेको अधिकारअनुसार नगरपालिकाले परिचय पत्र वितरण शुरु गरेको हो ।

प्रतिक्रिया