अपाङ्ग छु, श्रीमानले गर्भमा दुई महिनाको बच्चा हुँदा छोडेर भाग्नु भयो ‘मेरो बच्चाको विचल्ली हुने भयो भन्दै यी महिला रुँदै मिडियामा’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  महोत्तरी घर भएकी रुकी देवी भुजेल एउटी शारीरिकरुपले अशक्त महिला हुन्। उनको देब्रे हात र दाइने खुटा चल्दैन। यस्तो अपागं देख्दा देख्दै पनी उनलाई डम्मर बहादुर मगरले बिहे गरे। रुकुलाई घर सुनसरी बताउने डम्मर बहादुर मगर पेशाले आर्मीका जागिरे थिए ।

रुकुको अनुसार, उनका श्रीमानले विवाह दर्ता पनि गरिदिएका रहेनछन्। दर्ताको कुरा गर्दा खान लाउन दिएकै छु भनेर झर्किने गर्ने उनले बताईन। डम्मर मगरको पहिला नै श्रीमती र एक छोरा रहेछन जुन रुकुले बिबाह भएको दुई वर्षपछि थपाइन तर उनले पहिलाको श्रीमती पहिले नै छुटेर आफ्नै व्यवाहार गरेर बसेको छ भनेर सम्झाएका थिए।

दिनबित्दै गएपछि श्रीमानले दिनुपर्ने जति माया सम्मान उनी प्रति विस्तारै-विस्तारै घट्दै गयो । उनले पाइनन् जसो तसो गृहस्थी निभाईरहेकी रुकुको जीवनमा त्यति खेर भुकम्प आयो जब उनका श्रीमान एकाएक गायब भए।

उनका श्रीमानले करिब १५ महिना अघि बिचल्ली बनाएर छाडेर गए। उनको काखमा सानो दुधे बालक पनि छ। श्रीमती र गर्भमा रहेको दुईमहिनामा हुँदा छोडेर गएका डम्मर हालै सम्पर्कविहिन छन्।

रुकु देबीको जीवन अहिले निकै नै दयानीय अबस्था छ। शारीरिकरुपले अशक्त रुकुले एक्लै सघर्ष गर्दै कष्टकर जिन्दगी बिताईरहेकी छिन्। उनको जीवनका पानाहरु पल्टाउँदा जो कोहिलाई पनि दुखित तुल्याउँछ । पिडाले भरिएको रुकु देवी भुजेलको कथा सुनौ उनकै मुखबाट…..

हेर्नुहोस् भिडियो :

रुकु भुजेललाई सहयोग गर्नका लागि सम्पर्क नम्बर : ९८४१३०९८३३ , बैक खाता नम्बर : ०४२१०१८०८३४०१९, सिभिल बैक …

प्रतिक्रिया

सम्बन्धित समाचारहरू