अफगानिस्तानको चुनावी सभामा आक्रमण, १३ जनाको मृत्यु

मनिषा थापा

काबुल, अफगानिस्तान, २७ असोज (रासस/एपी)  :  अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् ।

तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जानकारी दिनुभयो । रुस्ताक जिल्लामा आयोजित चुनावी र्यालीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको पनि असरले बताउनुभयो ।

उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराइएको थियो ।

तखारको यस आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन, तर तालिबान लडाकू यस प्रान्तमा सक्रिय रहेका छन् । विगतमा भएका यस्तै आक्रमणको उनीहरुले नै जिम्मेवारी लिँदै आएका छन् ।

अक्टोबर २० मा हुने संसदीय चुनावलाई लक्षित गरी देशैभर आक्रमणका सिलसिला जारी छन् । गत साता पनि हेल्मन्ड प्रान्तमा एक जना उम्मेदवारको हत्या गरिएको थियो ।

प्रतिक्रिया