अफवाह फैलाउने पाण्डेलाई पक्राउ गर्न अमेरिका प्रहरीसँग आग्रह

admin

काठमाडौं, ९ चैत : अमेरिकाको टेक्ससमा बसेर नेपालीलाई मानसिक या’तना दिने एक युवकलाई पक्राउ गर्न अमेरिका प्रहरीसँग आग्रह गरिएको छ ।

नयन पाण्डे नाम गरेका युवकले काठमाडौंको टेकु अस्पतालमा कोरोनाबाट मान्छे मरेको, लास देखेको, सरकारले यो कुरा लुकाएको छ, भन्दै अफवाह फैलाएको पाइएको छ ।

पाण्डेले फेसबुकमा पोष्ट गरेको टिकटक भिडियोको आधारमा उनी टेक्ससमा रहेको र नेपालीलाई मानसिक यातना दिन यस्तो काम गरेको पाइएको हो ।

‘टेकु अस्पतालमा‘ को कोरोनाबाट मृ’त्यु’ भएको भन्दै सामाजिक संजालबाट अफवाह फैँलाइरहेकाको नाम नयन पाण्डे रहेको खुलासा भएको छ।

पाण्डेलाई पक्राउ गर्न नेपाल प्रहरीले अमेरिकी प्रहरीलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ ।

विश्व सं’कट परेको बेलामा खेलाँची नगरी भाइरल बन्न खोज्ने यस्ता अफवाहयुक्त फैलाउनेलाई क्षमा दिन नहुने भन्दै अमेरिकामा बस्ने सम्पूर्ण नेपालीले यसलाई गम्भिर रुपमा लिन आग्रह गरका छन् ।

प्रतिक्रिया