अबको चुनौतिलाई सामना गर्न स्वास्थ्यकर्मीहरुको भुमिका निर्णायक हुने : मुख्यमन्त्री शाही

खगेन्द्र हमाल

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना(कोभिड-१९) विरुद्धको लडाईमा उच्च मनोवलका साथ सहभागि हुन चिकित्सकहरुलाई निर्देशन दिएका दिनुभएको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेर उनले चिकित्सकहरुसंग अन्तरक्रिया गर्दै कोरोना विरुद्धको लडाई जित्न चिकित्सकहरुको महत्वपूर्ण भुमिका रहेको वताउनु भयो।

कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत आम नागरिकको उच्च सावधानी सहितको भुमिकाले कर्णाली प्रदेशमा अहिलेसम्म कुनैपनी पोजेटिभ लक्षणहरु देखा नपरेको र यस कोरोना भाईरसका विरुद्धको लडाइँमा सबैले आ आफ्नो ठाउँमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न अनुरोध व्यक्त गर्नुभयो ।


मुख्यमन्त्री शाहीले चिकित्सकहरुलाई भन्नुभयो सशस्त्र युद्धको अग्रमोर्चामा सिपाहीको जस्तो भुमिका कोरोना विरुद्धको लडाईमा तपाईहरुको छ र तपाईहरु उच्च मनोवलका साथ आफ्नो भुमिका पुरा गर्नुस।कोरोनाले निम्त्याएको संकट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली गाउँ गाउँमा पठाउने निर्णय गरेको वताउदै उहाले हरेक वडा वडामा पुगेर जनचेतना निर्माण, कोरोना परिक्षण लगायतको काम गर्न निर्देशन गर्नुभयो ।

कोरोना परिक्षणलाई व्यापक वनाउनुपर्ने वताउदै लकडाउन पछि फरक फरक ठाउवाट भित्रिएका नागरिकहरुको प्रतिनिधित्व हुने गरि स्वाव संकलन गरि कोरोना परिक्षणलाई तिव्र वनाउन निर्देशन दिनुभयो ।प्रदेश प्रवेश गर्ने सबै नाकाहरुमा अझै पनि लकडाउनलाई कडाई गर्नुपर्ने वताउदै उनले प्रदेश भित्र परिक्षण पश्चात कोरोना देखिएको क्षेत्रलाई सील गर्ने तथा नदेखिएको क्षेत्रमा लकडाउनलाई खुकुलो वनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

चिकित्सकहरुले राखेका जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुको लागि प्रदेश सरकार गम्भिर रहेको वताउनुभयो।स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले निराश हुन नदिने भन्दै स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको उनले वताउनुभयो।

प्रतिक्रिया