अब एमालेमा ‘हिरा र सुन’ मात्रै बाँकी छ : पूर्वमन्त्री श्रेष्ठ

admin

काठमाडौं, ३१ भदौ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् । बुधबार नेकपा एमाले काठमाडौं जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताएका हुन् ।

‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसका लागि राजनीतिक, वैचारिक सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमाले त्यो गुण छ’, उनले भने, ‘सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ ।’

उनले पित्तल, काँसका टुक्राहरू छुट्टिएर गएको भन्दै त्यसले फरक नपर्ने दावी गरे । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दावी गरे ।

प्रतिक्रिया