अब जनताले राजसँस्थालाई स्वागत गर्नुपर्छ : पशुपति खड्का

मनिषा थापा

पिएनपिखबर : हालै पुर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् । पुर्वराजाले सुटुक्क थाइल्याण्डबाटै डेली भ्रमण गरेको र धेरै राजनीतिज्ञ व्यक्तिसँग भेटघाट भईरहेको धेरैले टिक्काटिप्पणी गरेका छन्।

यसबारे प्रष्ट पार्दै शाही यूवा शक्ति, नेपालका अध्यक्ष रहेका पशुपति खड्काले पुर्वराजाबारे गलतप्रचार बाजी भएको बताएका छन्। राजाले निजीरुपमा जोसँग भेट्न पनि पाउने उनको भनाई छ।

वर्तमान समयमा गणतन्त्रबाट असन्तुष्ट बनेका नेपाली जनताले राजाको खाँचो महसुस गरिसकेको उनले बताए। अहिलेको व्यवस्थाबाट जनता आजित भएको उनको भनाई छ। उनले नेपाली जनताले राजा खोजेको दावी गरे। जनताले चाहेको खण्डमा राजसँस्था यसै वर्ष फर्किने र जनताले राजसंस्थाको स्वागत गर्ने पर्ने उनको भनाई छ । 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू