अब ज्ञानेन्द्र शाही विना अभियानले कार्यक्रम चलाउने : शेखरजंग रायमाझी

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानमा जोडिन पुगेका शेखरजंग रायमाझीले ज्ञानेन्द्र शाही विनै अभियानले कार्यक्रम चलाउने बताएका छन्। चितवनमा भएको हमला पछि शाहीलाई शारीरिकरुपले आराम गर्नु पर्ने भएकोले अबका केहि कार्यक्रममा उनको उपस्थिति विनै कार्यक्रम अघि बढ्ने उनले बताएका हुन् । 

अभियान्ता शाही र नेपालका लागि नेपाली अभियान्ताबीच सम्बन्ध चिसिएको भन्ने खबर गलत रहेको स्पष्ट पार्दै उनले भने, ‘शाहीले समयदिन सक्ने कार्यक्रममा उनी देखिनेछन, अभियान्ताबीच कुनै खटपट छैन हल्लामात्रै फैलिएको हो ।’

हालसम्म पनि शाहीमाथि आक्रमण गर्ने प्रयास भईरहेको कारण सुरक्षाको निम्ति आराम गरिरहेको रायमाझीको भनाई छ। नेपालका लागि नेपाली अभियानका शाहीले मात्रै किन हमला भएको भन्ने प्रश्नमा रायमाझीले भने, ‘उनी जनतामाझ लोकप्रिय छन्। भ्रष्टाचार र जनताका लागि खरोरुपमा प्रस्तुत हुने भएकोले उनीमाथि नै हमला भईरहेको हुन सक्छ।’

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू