अब पार्टी कार्यालयमा नियमित एमाले अध्यक्ष ‌ओली

admin

काठमाडौं, १४ साउन : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महत्त्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन् । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीमा रहेको केन्द्रीय कार्यालयबाट सुरु गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका बैठक गर्दै आएका थिए । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उनी सक्रिय रूपमा कार्यालयमा उपस्थित हुन सक्ने अवस्था रहेको कार्यालय सचिव तामाङको भनाइ छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए ।

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए । पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठक भौतिक उपस्थितिविना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रुम तयार गरेको जानकारी दिए ।

प्रतिक्रिया