अब मदनकृष्ण श्रेष्ठले पारिश्रमिक नलिने

admin

काठमाडौं, फागुन १६ : वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले गीत गाउदा पारिश्रमिक नलिने बताउनुभएको छ । चेलीको प्राण नामक गीत तथा म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

पछिल्लो समय उहाँले गाएका गीतहरु रुचाइएको र नयाँ गीतहरुको अफर आउने क्रम बढेसँगै उत्पादकलाई पारिश्रमिकको कुरा भन्दा पनि स्तरीय सिर्जना लिएर आउन उहाँले आग्रह गर्नुभयो ।

सार्वजनिक गीतमा विद्या कार्कीको आवाज, शुरेस कार्कीको शब्द, देवी वराकोटीको संगीत रहेको छ भने भिडियोमा चाँदनी शाहको निर्देशन रहेको छ । गीतले पराई घर जाँदा चेलीको अवस्थालाई चित्रण गरेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया