अब महंगा क्रिम बिर्सिनुहोस्, यसरी बनाउनुहोस घरेलु उपायमार्फत आफ्नो अनुहार गोरो

मनिषा थापा

एजेन्सी : गोरापनमा कमी आउनुको कारण धेरै हुनसक्छन् । जस्तै; टन्टलापुर घाम , प्रदुषण , अनुहारको दाग धब्बा आदि । हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाईने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ ।

सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो । किनकी यसबाट कुनै प्रकारको हानी हुदैंन । अनुहारमा चमक पाउनको लागि हामी महङ्गा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं । अब तपाइँले यस्ता क्रिमहरुको प्रयोग बिना नै आफ्नो छालालाई गोरो बनाउन सक्नुहुन्छ । यस्को लागि अपनाउनुपर्ने १० घरेलु उपायहरु निम्नअनुसार छन् ।

१) बेकिंग सोडा

बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।

२) दुध र केरा

पाकेको केरालाई दुधसँग मिसाएर पेस्ट बनाउनुहोस् । अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।

३) गुलाब जल

गुलाब जललाई दुधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले तपाइँको छालामा चमक ल्याउँदछ ।

४) घ्युकुमारीको लेदो

यसलाई अनुहार र घाँटिमा ३० मिनेट लगाउनुहोस् । यस्ले तपाइँको छालालाई गोरो , सफा र नरम बनाउने छ ।

५) सुर्यमुखीको बीउ

थोरै सुर्यमुखीको बीउलाई रातभरी दुधमा भिजाएर राख्नुहोस् । त्यसपछि बिहान यस्मा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यस्लाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस् । केही दिनमै तपाइँको अनुहार गोरो हुनेछ ।

६) आँपको बोक्रा

थोरै आँपको बोक्रालाई दुधमा पिसेर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म लगाई अनुहार सफा पानीले पखाल्नुहोस् । यस्को प्रयोगले छाला गोरो हुनेछ ।

७) मह

महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउनुहोस् । १५ मिनेटपछि मुख धुनुहोस् । यसले अनुहार सफा भई गोरो हुनेछ ।

८) चीनीले घोटेर सफा गर्ने

चीनीलाई कागतीको रस सँग मिसाएर हातको मद्धतले अनुहारमा दल्नुहोस् । यसले मरेको सेललाई हटाई अनुहारलाई सफा बनाउँछ ।

९) नरिवलको पानी

दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस् । यसले दागधब्बा हटाउन मद्धत गरि छालालाई गोरो बनाउँछ ।

१०) पानीको धेरै प्रयोग

पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्धत गर्दछ । तपाइँलाई दिनमा ८ घण्टाको निन्द्रा लिनु जरुरी छ । यस्ले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ । साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ ।

प्रतिक्रिया