अब यी १७ वस्तुको पनि मापदण्ड निर्धारण गरिने

admin

काठमाडौं, ७ बैशाख : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम महलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, पुुष्टकारी, गुुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो ।

मह, आइसक्रिमलगायत वस्तु निर्यात हुन्छन् । विभागका निर्देशक मोहनकृष्ण महर्जनले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी दिए । यीमध्ये पनि केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा रहेको उनको भनाइ छ ।

उनका अनुसार विगतमा खाद्यान्न भनेर मापदण्ड बन्यो तर वस्तुगत रूपमा छुट्याइएन । दलहन, विभागका अनुसार वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुनेछ । गर्मी महिना सुरु भएसँगै आइसक्रिमको खपत पनि बढछ । यद्यपि यसको मापदण्ड निर्धारण गरिएको छैन । यो समाचार आजकोगोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया