अब राजतन्त्र फर्कदै छ : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : युवा विश्लेषक ज्ञानेन्द्र शाही हालै ‘नेपालको लागि नेपाली’ भन्ने अभियान र भ्रष्टाचारको विरुद्धमा नागरिक आयोगको गठन गर्ने कार्यमा लागि परेका छन्। यस अभियानको उद्देश्य भ्रष्टाचार न्यूनीकरणका साथसाथै सत्य तथ्य बाहिर ल्याउनु रहेको शाहीके भनाई छ । उनी नेपालका विभिन्न भूभागमा गएर जनताले तिरेको करको रकमलाई कसरी सेवामा लगाउने भन्ने खोज गरिरहेका छन्।

उनी कहिले राष्ट्रपतिले गाडी किन्ने माग र कहिले कर प्रणालीको विरुद्ध आलोचना गरेर जनताको मनमा बस्न सफल भएका छन्। उनले देशको राजनीतिक अवस्थावारे पनि बोल्दै आएका छन् जुन दर्शकहरुले रुचाएका पनि छन। अहिले भन्ने उनी देशको सरकारी कर्मचारीहरुको कडा आलोचना सहित मिडियामा प्रस्तुत भएका छन्। उनले कानुन विपरित गएर सरकारी कर्मचारीहरुले भ्रष्टचार गरिरहेको बताए। सरकारी कर्मचारीलाई थाई बनाइएको कारण समस्या बन्दै गईरहेको उनको भनाई छ।

”उनीहरु अहिले प्रदेश र स्थानीय निकायमा नखटिने भन्दै आन्दोलन गरेका छन् यो ठुलो दादागिरी भयो। जनताको सेवा गर्न बसेको कर्मचारीलाई तलबको साथै भत्ता दिईने गरिन्छ। जनताले रगत र पसिनाको तलब खाएर बसेका जुकाजस्ता कर्मचारीहरु पनि एक आतंककारी हुन्।” ,ज्ञानेन्द्र शाही।

उनी भन्छन, ”विकास गर्छु भनेर चिल्ला भाषण गर्ने अहिलेको राजनीतिज्ञ भन्दा राजको पालमा मै धेरै विकास भएको छ। राजतन्त्र फर्काउन राष्ट्रीय पदमा बसेका व्यक्तिहरुको गलत कार्यले मद्दत गर्यो।” बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया