अभिनयसंगै करोडौंको व्यवसायमा जेविका

पिएनपि खबर

काठमाडौं, २ फागुन: विभिन्न चलचित्र,म्युजिक भिडीयोमा अभिनय गरेकी नायिका जेविका कार्की भद्र,ईमान्दार र  बौद्धिक अभिनेत्री हुन् । लामो समय देखी सञ्चार र चलचित्र क्षेत्रमा आफ्नो नाम स्थापित गर्न लागिपरेकी उनी हाल व्यवसायमा समेत हात हालेकी छिन् ।

भनिन्छ नेपाली कला जगतमा काम गरेर दाम कमाउन मुस्किल छ तर त्यो पछिल्लो समय गलत प्रमाणीत हुदै आएपनि धेरै कलाकारले कलासंगै व्यवसायमा हात हालेका छन्।

त्यतिमात्र होईन कलाकारितामा लागेर पनि व्यवसायमा सफल भएको धेरै उदाहरण हाम्रो माझमा छ । नेपाली नायिका पनि श्वेता खड्का,नम्रता श्रेष्ठ,ऋचा शर्मा लगायतका नायिकाहरू व्यवसायमा पनि सफल भएको प्रशस्त उदाहरण छन् ।
नायिका जेविका कार्कि अहिले करोडौको व्यवसाय गर्छिन । सायद तपाईंहरूलाई लाग्न सक्छ । एउटा कलाकार अभिनय मात्र गर्छ तर धेरै त्यस्तो उदाहरण छ । जो अभिनयसंगै व्यवसाय गरिरहेका छन् ।

नायिका जेविका कार्किको तिनकुने स्थित प्रोडक्सन हाउसको व्यवसाय गर्दै आएकी छिन् । त्यसका साथै जडिबुटिमा उनको लाईट एंव डेकोरको व्यवसाय पनि करोडौ लगानीमा रहेको छ । करिब १ वर्ष अगाडि असोजबाट उनको डेकोरेसन व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।
हामीले उनलाई सोधेका थियौं? यसरी काम गर्न गाह्रो हुदैन ?


गाह्रो त हुदैन , कहिलेकाहिँ सुटिङमा जाँदा मानसिक थकान त पक्कै मैले गरेकि छु ।
कारण ?

सुटिङमा जाँदा राम्री देखिनुपर्यो । अभिनय हुन्छ कहिले डान्स हुन्छ त्यहाँ ध्यान दिईरहेको छु । कसरी आफुलाई सकेसम्म मेरा दर्शकलाई राम्रो काम देखाउने भन्नेमा ध्यान हुन्छ । त्यस्तो समयमा यता ग्राहकको काम पनि गर्नुपर्छ त्यस्तो समयमा पक्कै पनि मानसिक थकानको अनुभव गर्दछु । मेरो लागि दर्शक र ग्राहक दुवै भगवान हुन । भगवानसंग डराउनु पर्यो नि हैन… मैले अभिनय सकेसम्म राम्रो गरेर पक्कै पनि दर्शक मन जित्नुपर्यो । व्यवसायमा राम्रोसंग सेवा दिएर ग्राहकको मन जित्नुपर्यो ।

अनि २ भगवानमा ग्राहकसंग बढी डर लाग्छ कि दर्शकसंग ?
दुवैसंग
ग्राहक सन्तुष्ट छन ?
कसैलाई मन पर्छ कसैलाई मन पर्दैन । सकेसम्म सन्तुष्ट बनाउने पक्कै प्रयास गरेका छौ । घरको डिजाइन गर्दा कस्तो सामान राख्ने कता राख्ने भन्ने त हुन्छ । कहिलेकाहीं हामीले भनेका सामानहरू ग्राहकलाई मन नपर्न सक्छ उहाँहरूको रोजाई अनुसार नै सामानहरू राखिदिन्छौ अनि सन्तुष्ट हुुनुहुन्छ ।
अनि दर्शकचाहिँ सन्तुष्ट छन् त ?
मिश्रित प्रतिक्रिया पाएको छु तर अभिनयमा जसरी आफुलाई उभ्याउन सक्छु त्यो सकेको छैन भन्ने मनमा खड्किरहेको छ ।
जेविका कार्कीलाई खास अभिनय गर्न सक्छु भन्ने उनको मनमा कहिले पनि लागेको थिएन । तर उनले गोल्डेन गेट कलेजमा अध्ययन गरेको भएकाले उनलाई चर्चित हास्यकलाकार सन्दिप क्षेत्रीले अध्यापन गराएका थिए । उनैले उनलाई यो क्षेत्रमा प्रवेश गराएका थिए । अहिले उनि भन्छिन ”मैले आफ्नो काम सन्तुष्ट छैन अभिनयको तरिकाले होस् या अन्य कुनै तरिकाले चलचित्र क्षेत्रलाई योगदान दिन बाँकी छ । मैले त सन्दिप सरको टेलिभिजन कार्यक्रममा अभिनय गरेको ब्याज मात्रै खाएको छु ।” वाट द फ्लपमा अभिनय गरेसँगै उनलाई चलचित्रमा अभिनय गर्ने अफर आएको थियो ।
कुन चलचित्र थियो ?
“नाम भन्नुपर्छ र…” पछि उक्त चलचित्र नबनेको कारण उनिले बताउन चाहिनन्

अहिले पनि उनि व्यवसायमा भन्दा चलचित्रमा व्यस्थ हुन् रुचाउछिन्, उनलाई चलचित्र क्षेत्रमा एउटा बलियो ईतिहासको रुपमा उभ्याउन चाहन्छिन् । उनि थप्छिन् “मैले पहिला गरेको कामको ब्याज खाएर बसेको जस्तो लाग्दछ । ईमान्दार भएर भन्नुपर्दा चलचित्रमा जुन तरिकाले भुमिका निर्वाह गर्न सक्छु जस्तो लाग्दछ त्यस्तो चलचित्र गरेको छैन । दर्शकको मनबाट तारिफ गर्ने चलचित्र गर्ने रहर छ जुन चलचित्र अहिलेसम्म गरेको छैन ।”

नायिका जेविका कार्कीले हालसम्म जय श्री दाम,पर्व लगायतका चलचित्र साथै दर्जनौ म्युजिक भिडीयोमा कुशल अभिनय गरेकी छिन् ।

 

प्रतिक्रिया