अभिनय पढ्न भारत गएकी मोडल निशाको यस्तो दयानिय अवस्था (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेकी मोडल निशा घिमिरे अहिले काठमाडौँस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा जीवन र मृत्युसँग लडिरहेकी छिन्।

२० वर्षिया निशा विगत ४ वर्ष देखि कलाकारितामा लागेकी हुन्। अभिनय पढ्ने सिलसिलामा उनी केही समय अगाडि भारतमा गएकी थिइन्। शो क्रममा उनी सवारी दुर्घटनामा परेकी हुन् । गत पुस १८ गते भारतको तेरादुनस्थित निशा सहितको ४ जना विद्यार्थी सावार रहेको कारमा ट्रकले टक्कर दिंदा दुर्घटना घटेको निशाका बाबु बताउछन।

बाबुको अनुसार, त्यस समय उनलाई भारतकै कैलाश अस्पतालमा १८ दिनसम्म राखियो। त्यति बेला भारतीय रुपैया १० लाख खर्च भएपछि आर्थिक अभावका कारण उपचार खर्च जुटाउन जटिल बनेका कारण उनलाई नेपाल ल्याई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।

काठमाडौँ ल्याएपछि उनको स्वास्थ्यमा धेरै सुधार आएको छ। अहिले उनी हेर्न मान्छे चिन्न सक्छिन। उनलाई कलाकार धेरै थोरै सहयोग मिलिरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया