अभिनेतालाई अभिनेत्रीको झटारो : जुत्ताको माला लगाएर हनुमानढोका घुमाउन नपुगेको

admin

काठमाडौं, १४ साउन : पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा केही विवाद छाएको छ । अभिनेता तथा निर्देशक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद अहिले झन् बढ्दै गएको छ ।

नायिक शाहलाई अभिनेता केसीले १० करोड क्षतीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि उनीहरु बीचको फाटो झन बढेको हो । सामाजिक सञ्जालमा सुरु भएको उनीहरुको झगडा अहिले अदालतसम्म पुगेको छ ।

नायिका शाहले आफू विरुद्ध लागेको मुद्धामा डटेर लाग्ने बताएकै बेला उनको समर्थन गर्दै अभिनेत्री दिपशिखा खड्काले नारीलाई कमजोर नसोच्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ यो बोका नै हो मलाई पनि राम्रोसँग थाहा छ । बोल्न परेको दिन बाउको बिहे देखाइ दिन्छु । नारीलाई कमजोर नसोच ।’

उनले अभिनेता भुवन केसीलाई चेतावनी दिदै भनेकी छिन्, ‘कहिले व्यक्तिगत कुरा निकाल्ने, कहिले घरायसी कुरा निकाल्ने अनि अब १० करोडको माग ?’ अभिनेत्री दिपशिखाले अभिनेता भुवन केसीले अदालतमा मागेको १० करोडको क्षतीपुर्तीको बारेमा कडा रुपमा प्रस्तुत हुदैँ अगाडी लेख्छिन्, ‘भुवन काकालाई १० करोडको क्षती दिनु पर्यो अरे । तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउन नपुगेको त्यो पनि कालो मसो दलेर ।’

उनले अपशब्द बोल्दै आफूले भुवन केसीलाई राम्रोसँग चिनेको र बोल्न परेको दिन बाउको बिहे देखाइदिने बताएकी छिन् ।

प्रतिक्रिया