अभिनेता अनुपम श्यामको निधन

admin

बलिउडका अभिनेता अनुपम श्यामको नि धन भएको छ। ६३ वर्षको उमेरमा उनको सोमवार गोरेगाउँको लाइफलाइन अस्पतालमा नि धन भएको हो। उनलाई लामो समयदेखि मिर्गौलाको समस्या थियो। मिर्गौलाकै समस्याका कारण चारदिन अघि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा नि धन भएको हो।

उनलाई उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो। साथै, दुई दिन भेन्टिलेटरमा समेत राखिएको थियो। हिन्दी टेलिसिरियल ‘मनकी आवाज प्रतिज्ञा’मा उनले ठाकुर सज्जन सिंहको भूमिका निभाएका थिए। जुन भुमिकाले उनलाई निकै चर्चित बनाएको थियो।

सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा जन्मेका अनुपमले फिल्ममा नकरात्मक भुमिका निभाएका थिए। उनले ‘स्लमडग मिलेनियर’, ‘ब्यान्डिट क्वीन’, ‘शक्ति’, ‘हल्लाबोल’, ‘पानसिंह तोमर’, ‘लगान’, ‘लज्जा’, ‘दुश्मन’, ‘सत्या’ आदि फिल्महरुमा अभिनय गरेका थिए।

प्रतिक्रिया