अभिनेता दिलिप कुमारको स्वास्थ्य अवस्थामा निरन्तर खराबी, खाना पानी पाइपबाटै खुवाईदैँ

मनिषा थापा

एजेन्सी  :  बलिउडका चर्चित अभिनेता दिलीप कुमार अभिनेता दिलिप कुमारको स्वास्थ्य अवस्थामा निरन्तर खराबी आइरहेको खबर बाहिर आइरहेका छन् । प्रत्येक १५ दिनको अन्तरालमा उनलाई अस्पताल भर्ना गर्नुपर्दैछ अहिले ।

यसैक्रममा उनको अवस्था बिग्रिएको खबर फेरी आएको छ । पछिल्लो खबर अनुसार उनलाई ज्वारो आउनुका साथै उनको फोक्सोमा समस्या देखिएको छ ।

हाल उनको उपचार स्यहार उनकै निवासमा भैरहेको छ । मुखबाट खाना पानी खान नसक्ने अवस्थामा भएको कारण उनलाई नलीबाट खाना खुवाईदैँछ । चिकित्सकहरुका अनुसार उनलाई खाना पानी मुखबाट खुवाउने अवस्था छैन । मुख सुकेको खण्डमा साना बरफका टुक्रा प्रयोग गर्ने सल्लाह दिइएको छ ।

अभिनेता दिलिप कुमार अहिले ९५ वर्षका भएका छन् । फोक्सोको उपचारका लागि अहिले उनी औषधीमा निर्भर छन् । उनको उपचारका लागि दुईजना नर्स उनको घरमा छन् । केही दिन अघि उनलाई निमोनिया भएको थियो ।

उपचारका लागि लिलावती अस्पताल पुर्याइएका उनलाई त्यहाँ केही दिन आइसियुमा राखिएको थियो । अभिनेता दिलिपको स्वास्थ अवस्थाबारे समय समयमा उनकी श्रीमती अभिनेत्री सायरा बानुले अपडेट गर्दै आएकी छिन् । दिलिप र सायरका कुनै सन्तान छैनन् ।

१९४४ मा फिल्म ‘ज्वारभाटा’ बाट करियर सुरु गरेका दिलिप कुमारलाई बलिउड इतिहासको आधारको रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू