अभिनेत्री क्याट्रिना कैफलाई पट्याउन के गर्नुपर्छ ? उनि आफैले गरे यस्तो खुलासा

रिता घिसिंग

एजेन्सी : अभिनेत्री क्याट्रिना कैफ बलिउडकी एक सुन्दर र कुशल अभिनेत्रीहरुको टप लिष्टमै पर्ने गर्दछन् । फिल्म उद्योगमा उनको यात्रासँगै सफलताको ग्राफ पनि माथि चडेको छ । यता अभिनेत्री क्याट्रिनाको फ्यान फलोइङ पनि तीब्र रुपमा बढीरहेका छन् । क्याट्रिनाको प्रत्येक डान्सले चार्टबस्टरमा धुम मच्चाएकै हुन्छ ।

बी–टाउनको मोष्ट सर्च एक्ट्रेसको रुपमा क्याट्रिना नै अगाडि छन् । एक अन्तर्वार्तामा अभिनेत्री क्याट्रिनाले बताएकी छन् कि उनको अटेन्शन पाउनका लागि कुनै पनि मानिसले के गर्नुपर्छ ? अभिनेत्री क्याट्रिना कैफले हाँस्दै भनिन्, ‘यसको लागि मलाई सबै भन्दा पहिले थाहा हुनुप¥यो कि तपाइलाई मेरो अटेन्सन चाहिएको छ भनेर, र त्यस्तै सेन्स अफ ह्युमर राम्रो हुनुपर्छ, त्यस्तै स्माइल पनि ।’

अभिनेत्री कैफले फिल्मफेयरमा कुराकानी गर्दै २०१९ मा ब्बइफ्रेण्ड बनाउन चाहेकी कुरा पनि जानकारी गराएकी छन् । उनले भनिन्, ‘म अब सिङ्गल रहन चाहदिन ।’ अभिनेता रणवीर कपुरसँगको ब्रेकअप पछि क्याट्रिनाले कसैलाई डेट गरेकी छैनन् ।

२००९ मा रिलिजमा आएको फिल्म ‘अजब प्रमकी गजब कहानी’को सेटबाट यो जोडीको अफेयर सुरु भएको थियो । २०१७ मा रिलिजमा आएको फिल्म ‘जग्गा जासुस’को सुटिङको दौरानमा उनीहरुको सम्बन्धमा चिसोपन छाउन सुरु भएको थियो । उक्त फिल्मको सुटिङ पूरा भएसँगै यो जोडीको सम्बन्ध पनि टुटिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू