अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ

admin

काठमाडौं, २४ जेठ : अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गएको चार दिनअघि स-परिवारसहित लकडाउनका बीच भारतबाट नेपाल आएकी अभिनेत्री मनिषाले आफू र आफ्नो परिवारको कोरोना परिक्षण गराएकी थिइन् ।

परिक्षणमा उनीसहित परिवारको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त छ । अहिले उनी परिवारसित राजधानीको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् ।

विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार मनिषा घर नगई आफ्ना बुवाआमासँगै होटलमा बसेकी छिन् ।

केही महिनादेखि माता पितासँग भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री मनिषा भैरहवा नाका हुँदै नेपाल भित्रिएकी थिइन् ।

गत महिना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रि-ट्विट गर्दै मनिषाले तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादको लागि आशावादी रहेको बताएकी थिइन् ।

त्यस पश्चात नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साको समर्थनमा बोलेपछि भारतीय मिडिया मनिषाको विरोधमा उत्रिएका थिए । नेपालमा भने वाहवाही बटुलेकी छिन् ।

प्रतिक्रिया