अभिनेत्री विजेको आ’त्म’ह’त्या मामिलामा श्रीमान् पक्राउ

admin

एजेन्सी, ३० मंसिर : दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री विजे चित्रा केहि दिन अघि एक होटलको कोठामा मृ’त भेट्टिएकी थिइन् । करिब ६ दिनको अनुसन्धानपछि २८ वर्षिय चित्राका श्रीमान् हेमनाथलाई पक्राउ गरिएको छ ।

स्रोतका अनुसार चित्राका श्रीमानले टिभी सिरियल र अन्य कार्यक्रममा इन्टिमेट सिन दिएको भन्दै श्रीमतीलाई गा’ली गरेका थिए । प्रहरीले आ’त्म’ह’त्याका लागि उक्साएको आरोपमा हेमनाथलाई पक्राउ गरेको हो । चित्राकी आमाले उनकी छोरीको मृत्युका लागि उनका श्रीमान् जिम्मेवार भएको आरोप लगाएकी थिइन् ।

भिजे चित्रा सिरियल पान्डिउन स्टोर्सका लागि परिचित छिन् । उनी लामो समयदेखि उक्त सिरियलमा मुलईको भूमिका निर्वाह गरिरहेकी छिन् । उक्त कार्यक्रममा उनी यति चर्चित भएकी थिइन् कि मानिसहरुले उनलाई मुलई भनेर नै चिन्दथे ।

प्रतिक्रिया