अभिनेत्री शिल्पा शेट्टी श्रीमानसँग छुट्टिने योजनामा छिन् ?

admin

एजेन्सी, १५ भाद्र : अश्लील भिडियो बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि बलिवुड अभिनेत्री शिल्पा शेट्टी निरन्तर खबरमा आइरहेकी छिन् । हाल धेरैमा उनको पारिवारिक जीवन अब कसरी अघि बढ्ला भन्ने चासो छ । भारतीय मिडियामा शिल्पाबारे नयाँ खबर छाएको छ । बलिउड हंगामाका अनुसार शिल्पा आफ्ना व्यवसायी पति राजको घर छोड्ने तयारीमा छिन् ।

अभिनेत्री शिल्पाका साथीहरुको कुरालाई आधार मानेर बलिउड हंगामाले यसबारे खबर छापेको हो । यदि शिल्पाका नजिकका साथीहरुलाई विश्वास गर्ने हो भने उनी पति राजलाई छोड्ने तयारीमा छिन् । ‘राजको कानुनी मुद्दा चाँडै समाधान हुने सम्भावना छैन । बरु हरेक हप्ता यो थप जटिल बन्दै गइरहेको छ । अश्लील भिडियो निर्माणमा राजको संलग्नताले शिल्पा र हामी सबैलाई आघात पारेको छ । घरमा हीरा र डुप्लेक्स गलत स्रोतबाट आउँछ भन्ने उसलाई थाहा थिएन’ शिल्पाकी साथीले भनेकी छन् ।

ती साथीका अनुसार शिल्पा आफ्ना सन्तानलाई श्रीमानको अवैध सम्पत्तिबाट टाढा राख्न चाहन्छिन् । शिल्पाले सन् २००९ मा राजसँग विवाह गरेकी थिइन् । शिल्पा र कुन्द्राका एक छोरा र एक छोरी छन् । राज पक्राउ परेपछि शिल्पा एक महिनापछि सोनी च्यानलमा प्रदर्शन हुने ‘सुपर डान्सर’ मा देखिएकी थिइन् । राज पक्राउ परेपछि निर्देशक शिल्पाले सिनेमामा काम नपाउने हुन् भन्ने आश‌ंका धेरैमा थियो । पछिल्लो पटक शिल्पाको ‘हंगामा २’ मा देखिएकी शिल्पालाई निर्देशक अनुराग बसु र प्रियादर्शनले आफ्नो फिल्ममा काम गराउने खबर पनि सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया