अभिनेत्री सुष्मा र श्वेताकी बहिनीबीच मिलापत्र

admin

काठमाडौं : दुब्र्यबहार र कु’टपि’टको घ’टनामा अभिनेत्री सुष्मा कार्की, आरती खड्का र युट्युवर उत्सव रसाइलीबीच मिलापत्र भएको छ । दरबारमार्ग प्र’हरीमा दुबै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् ।

प्र’हरीले जानकारी गराएअनुसार दुबै पक्षले आइन्दा यस्तो काम नगर्ने कागजी व्यहोरामा हस्ताक्षर गरेका छन् । सुष्मालाई थप्पड हानेकी अभिनेत्री श्वेता खड्काकी बहिनी आरतीले माफी मागिन् ।

तीनैजनाले मिडियाबाजी नगर्ने, आफूले ‘लेखाउन लगाएका’ समाचारलाई डिलिट गर्ने र सामाजिक संजालमा माफी सहितको स्टाटस लेख्ने सहमति भएको छ । आफूलाई जातीय गाली गरेको बताएका रसाइलीले त्यसको प्रमाण देखाउन नसकेको प्र’हरी स्रोतले बतायो ।

कागजमा हस्ताक्षरपछि प्र’हरीकै अगाडि तीनैजनालाई अँगालो हाल्न लगाइएको थियो । तीनैजनाले आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेको पनि ‘प्रहरीले जनाएको छ ।

गत सोमबार राती लन्डन पब क्लबमा आफूमाथि कु’टपि’ट गरेको भन्दै सुष्माले आरती खड्का र उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया