अमेरिकाको डिभी त्यागेर विवाह नै नगरी समाजसेवामा लागेकी सबिता उप्रेती [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  सबिता उप्रेती आजको युवा पुस्ता माझमा छुट्टै पहिचान बनाउन सफल एक सामाजिक अभियन्ता हुन । नेपालमा रहेका अटिजम जस्तो चुनौती पुर्ण अवस्थाको बालबालिकाहरुको सेवामा निस्वार्थ भावनाको साथ समर्पित भई उनीहरुको जीवन रुपान्तरणमा अतुलनिय योगदान पुर्याउन  सक्रिय रुपमा क्रीयाशिल भई सफल र नेतृत्वदायी भूमिका प्रदान गर्दै समाज सेवामा आज एक उदाहरणिय कार्य गर्न सफल भएकी छिन्।

दोलखाबाट उच्च शिक्षा हासिल गर्न राजधानी आएकी सबिताले शुरुवातको दिनहरुमा संघर्ष गरेर अध्ययन पुरा गरिन्। जीवनलाई सरल र सहज बनाउने इच्छा उनमा जाग्यो। समाज कल्याण परिषद् अन्तर्गत ‘राष्ट्रिय अपांग कोषको पुनर्स्थापना केन्द्रमा’ केन्द्र व्यवस्थापन अधिकृतको रूपमा जागिरे बनिन्।

उनले आफ्नो जागिरका क्रममा फिल्ड भिजिटमा जाँदा फोहोरको डंगुरमा फालिएको पुस्तक नियाल्दै अक्षर चिन्ने कोसिस गरिरहेको एक अबोध बालकलाई देखिन त्यसपछि साना बालबालिकाहरूलाई थुनेर, बांधेर राखेको देखिन् त्यसपछि उनका मनमा एक किसिमको नयाँ विचार विकास भयो। त्यसपछि उनमा अटिजम के हो भन्ने प्रश्नहरु मनमा उव्जिए र उत्तर पाएपछि उनी तिनै बच्चाहरूलाई सेवा दिन थालिन्। उनले अहिले यस सेवालाई आफ्नो जीवनको लक्ष्य बनाएकी छिन्। उनले डिभीपर्दा समेत त्यागेर उनी अहिले समाज सेवामा समर्पित छिन।

विगत ८ बर्ष देखी राजधानीको पेप्सीकोलामा संचालित  ”विशेष स्कुल तथा पुर्नस्थापना”ले हाल ४५ जना बालाबालिकालाई सेवा प्रदान गरिरहेको छ। २६ जना कर्मचारीहरु लगायत थेरापिष्टहरु कार्यरत छ्न्। सरकारले अटिजम  भएका बालबालिकामाथि चाँसो नराखेकोमा उनको गुनासो  रहेको छ ।

हुर्केकी छोरीको घरबार भएको हेर्ने बाबुआमाको सपना हुनु स्वाभाविकै हो । उनको घरमा पनि बिहेको कुराकानी भयो तर उनले आफुले पढेर केहि गर्ने अठोट रहेको र साथ चाहिन्छ भनेर परिवारलाई उनले सम्झाईन। परिवारजनलाई विश्वस्त बनाएँपछि उनले आफ्नो बिहेमा लाग्ने खर्च मागेर बालबालिकाको सहयोगमा लगाएको उनको भनाई छ।

नियमित स्रोत साधनको अभावमा पनि सिमीत स्रोत साधनबाट संचालित उक्त संस्थाको कार्य उदाहरणीय छ। उनको संस्थालाई स्थाईत्व दिने अर्थात भवन निर्माण गर्ने योजना रहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू