अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना सङ्क्रमित

admin

काठमाडौं, १३ चैत : अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको संख्या ६८ हजार दुई सय तीन पुगेको छ ।

एकैदिन १० हजारभन्दा बढी कोरोनाका सङ्क्रमित थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाले ज्यान गुमाएका हुन् । कोरोना भाइरसबाट सङ्क्रमित हुने संख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ ।

चीन र इटलीपछि सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा देखिएका छन् । अमेरिकाको न्युयोर्क शहरका गभर्नरले शहरमा सङ्क्रमण रोक्न कडा कदम उठाइएको र त्यसको प्रभाव पनि देखिएको बताएका छन् ।

उनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल पुग्नेको संख्या घटेको छ । अमेरिकामा कोरोना भाइरसका सबैभन्दा बढी सङ्क्रमित न्युयोर्कमा देखिएका छन् । 

प्रतिक्रिया