अमेरिकामा कोरोनाको उपचारमा औ’लोको औ’षधिमाथि प्र’तिबन्ध

admin

काठमाडौं, २ असार : अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को उपचारमा औ’लोको औ’षधिको प्रयोगमाथि प्र’तिबन्ध लगाएका छन् ।

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को उपचारका लागि औ’लोको उपचारमा प्रयोग हुने हा’इड्रोक्सि’क्लोरोक्वीन औ’षधि प्रयोग गर्न सुझाव दिँदै आएका थिए ।

राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औ’षधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए । स्वयं अमेरिकी वैज्ञानिकहरु पनि राष्ट्रपति ट्रम्पको सल्लाहमाथि विश्वस्त हुन सकेका थिएनन् ।

अमेरिकाको शक्तिशाली नियामक निकाय अमेरिकी फूड एन्ड ड्रग ए’डमिनि’स्ट्रेसन (एफडीए) ले कोरोनाको उपचारमा हा’इड्रोक्सि’क्लोरोक्वीन र क्लो’रोक्वीन प्रभावकारी नदेखिएको जनाएको छ । यी औ’षधिको से’वन गर्दा मानिसको मुटुमा समस्या देखिएको प्रतिवेदन प्राप्त भएको भन्दै एफडीएले कोरोना संक्रमित व्यक्तिलाई यी औ’षधिले केही राहत दिएपनि स्वास्थ्य जोखिम लिन नसकिने स्पष्ट गरेको छ ।

एफडीएले कोरोनाको उपचारमा प्रयोग भइरहेको अर्को औ’षधि रे’मडेसिभरसँग हा’इड्रोक्सि’क्लोरोक्वीन वा क्लो’रोक्वीन मिसाएर बिरामीलाई नदिन पनि चि’कित्सकहरुलाई चेतावनी दिएको छ । एफडीएले औ’लोको औ’षधिले रे’मडेसि’भरको प्रभावकारीतामा पनि कमी ल्याउने बताएको छ ।

हा’इड्रोक्सि’क्लो’रोक्वीन र क्लो’रोक्वीन औ’षधि सामान्यतया आ’र्थराइ’टिसका बिरामीको उपचारमा प्रयोग हुने गर्दछ । तर यी औ’षधिका केही ख’तरनाक नकारात्मक असरहरु पनि हुने गर्दछ । यस औ’षधिको से’वनबाट मुटुमा समस्या देखिनुका साथै र’क्तचाप निकै घट्ने तथा मांसपेशी वा स्नायू प्रणालीमा क्षति पुग्दछ ।

एफडीएले यी औ’षधिका ३९० जना प्रयोगकर्ताहरुबाट स्वास्थ्य जटिलता उत्पन्न भएको गुनासो प्राप्त भएको जनाएको छ । यीमध्ये पनि १०० जनाभन्दा बढीमा मुटुको ग’म्भीर समस्या उत्पन्न भएको थियो । कोरोनाको उपचारमा प्रयोग गर्नेगरी अमेरिकी संघीय निकायहरुमा रहेको ठूलो परिमाणको औ’लोको औ’षधि अब राज्य र स्थानीय तहमा वितरण गरिने छैन ।

क्लि’भल्यान्ड क्लिनिकका अनुसन्धाता डा. स्टिभन निस्सेनले एफडीएको पछिल्लो निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिए । उनले हा’इड्रोक्सि’क्लोरोक्वीनको औ’षधिको प्रामाणिकतामा कुनै विश्वासिलो आधार पहिल्यैदेखि नदेखिएको र यसले शरीरमा नकारात्मक असर पार्ने भएकाले यो औ’षधिको जथाभावी से’वन गर्न नहुनेमा जोड दिए ।

बिहीबार अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच) को एक विज्ञ समूहले पनि अध्ययन प्रयोजन बाहेक आमरुपमा यो औ’षधि से’वनमा प्र’तिबन्ध लगाउन सिफारिस गरेको थियो । एफडीए र एन’आइएच दुबैले कोरोनाको उपचारमा यी औ’षधिको प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस फैलिन शुरु भएलगत्तै हा’इड्रोक्सि’क्लोरोक्वीनको प्रयोग गर्न सकिने भन्दै व्यापक वकालत गरेका थिए । राष्ट्रपति ट्रम्पको लगातारको प्रयासपछि धेरै अमेरिकी र विश्वका कतिपय मुलुकका नागरिकले औ’लोको औ’षधि खोजीखोजी से’वन गर्न थालेका थिए जसका कारण बजारमा यी औ’षधिको अभाव समेत हुन थालेको थियो ।

केही अनुसन्धानले कोभिड-१९ को उपचारमा औलोका औ’षधिहरु केही मात्रामा उपयोगी हुन सक्ने देखाएका थिए, तर ती त्यति विश्वासयोग्य थिएनन् । पछिल्लो समय ठूलो जनसमूहमा गरिएका अध्ययनहरुले औ’लोको औ’षधिले फाइदा भन्दा पनि बढी मानव स्वास्थ्यमा हानि गर्ने ठहर गरेका थिए ।

प्रतिक्रिया