अमेरिकामा टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

अस्मिता बेल्बासे

एजेन्सी, ३ असोज : अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले टिकटक तथा विच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ । तर यो आरोप दुवै चिनियाँ कम्पनीले अस्वीकार गर्दै आएका छन् ।

अमेरिकाको वाणिज्य मन्त्रालयले आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ ।

प्रतिक्रिया