अमेरिकामा सडक दुर्घटनामा परी २६ वर्षीय विनोदको निधन

मनिषा थापा

काठमाडौँ : अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका सिन्धुपाल्चोकका २६ वर्षीय विनोद नेपाललाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको हो । उनको दाह संस्कारका लागि खर्च अभाव हुँदा ‘गो फण्ड’ खोलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू