अमेरिका तल्लो सदनमा सुरक्षा चुनौती बढेको भन्दै आजको बैठक स्थगित

admin

एजेन्सी, २० फागुन : अमेरिकाको संसद् भवन क्षेत्र (क्यापिटल हिल्स) मा हुन सक्ने सम्भावित हिं’सात्मक घटनालाई ध्यान दिएर राजधानी वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराष्ट्रपति ट्रम्प समर्थकहरूले हिं’सात्मक गतिविधि गर्ने सम्भावनाका आधारमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बीबीसीले जनाएको छ ।

मिलिसिया ग्रुपहरूले बिहीबार राजधानी वाशिङ्टनमा प्रदर्शन गर्ने योजना बनाएको र यसमा हिं’सात्मक गतिविधि पनि हुने गु’प्तचरको सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाको तल्लो सदन ‘हाउस अफ रेप्रिजेनटेटिभ’ को बिहीबारको बैठक पनि स्थगित गरिएको छ । माथिल्लो सदन सिनेटको काम भने रोकिएको छैन । ट्रम्पका समर्थकहरूले गएको जनवरी ६ मा संसद् भवनमा हिं’सात्मक आ’क्रमण गर्दा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।

ट्रम्प र ट्रम्पका समर्थकहरूले गएको नोभेम्बरमा भएको चुनावमा जो बाइडेन विजयी नभएको र ट्रम्पबाट नतिजा चोरी भएको दाबी गर्दै आएका छन् । जनवरी ६ को हिं’सात्मक आ’क्रमणका लागि उक्साएको आरोपमा महाभियोग खेपेका ट्रम्पको महाअभियोग भने पारित भएन ।

प्रतिक्रिया